Logo
२५ साउन २०८३, सोमबार

समस्याग्रस्त सहकारीका थप २२० बचतकर्ताको रकम फिर्ता

अक्षरपाटी
२०८३ साउन २५ , सोमबार ०६:०८ मा प्रकाशित

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन सहकारीका साना बचतकर्ताको बचत फिर्ता गराएको छ। समितिका अनुसार शिव शिखर सहकारीका १६५ जना, कान्तिपुर सहकारीका ५२ जना र गोरखा सहकारीका ३ जनाले बचत फिर्ता पाएका हुन्।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।

समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ। 

समस्याग्रस्त सहकारी

ट्रेन्डिङ ( साप्ताहिक )