Logo
८ भदौ २०८३, सोमबार

चन्द्र नहरलाई ऐतिहासिक सम्पदाका रूपमा संरक्षण गरिने

अक्षरपाटी
२०८३ भदौ ८ , सोमबार ११:०८ मा प्रकाशित

सप्तरी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादनसँगै नेपालको सिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवर्द्धन गर्ने बताएका छन्।

मधेस प्रदेशका सिँचाइ प्रणालीको निरीक्षणका क्रममा फत्तेपुर पुग्नुभएका मन्त्री श्रेष्ठले चन्द्र नहरलाई आधुनिक सिँचाइ, कृषि र पर्यटनसँग जोडेर विकास गर्न सकिने बताए। उनले नहरको नियमित मर्मतसम्भार र संरक्षणका लागि स्थानीय तह, उपभोक्ता तथा समुदायसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको प्रतिवद्धता व्यक्त गरे।

चन्द्र शमशेरको शासनकालमा निर्माण सुरु भएको चन्द्र नहर त्रियुगा नदीबाट पानी ल्याएर सप्तरीका करिब १० हजार ५०० हेक्टर कृषि भूमिमा सिँचाइ सुविधा पुर्‍याउने ऐतिहासिक प्रणाली हो।

मन्त्री श्रेष्ठले चन्द्र नहरलाई आइसीआइडी को World Heritage Irrigation Structures सूचीमा समावेश गर्न सिफारिस गर्ने विषयमा मन्त्रालयले काम अघि बढाइरहेको जानकारी दिए।

जापान सरकारको अनुदान सहयोगमा नहरका ३२ वटा संरचना मर्मत तथा पुनर्निर्माण भइसकेका छन्। सरकारले चन्द्र नहरलाई कृषि उत्पादन, इतिहास र पर्यटनसँग जोडेर थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

विराज भक्त श्रेष्ठ