



० शिवराज योगी
हामी सानै छँदाको एउटा स्मरण यतिबेला ताजा भएर आउँछ । बा, आमा र काकाहरुले बारीको डिलमा सानो खाडल खन्नुहुन्थ्यो । खाडलको फेदतिर मसिनो प्वाल बनाउनुहुन्थ्यो र त्यसको बाहिरपट्टि अर्को सानो खोपिल्टो बनाइन्थ्यो ।
खाडलमा पराल ओच्छाएर केरा राखिन्थ्यो । केरालाई चारैतिरबाट परालले नै बेरबार पारेर माथिबाट माटोले पुरिन्थ्यो । खाल्डोको बाहिरपट्टि फेदीमा बनाएको सानो खोपिल्टोमा धानको भुसामा आगो बालेर ताप दिइन्थ्यो ।
त्यो ताप खाडलको फेदिमा भएको प्वालबाट भित्र पस्थ्यो र केरा पाक्थ्यो ।
प्राय दशैँताका चारपाँचदिनको चक्रमा यो सब भइसक्थ्यो । अनि हामी केटोकेटीलाई खाडलबाट पाकेको केरा खोस्रिएर निकाल्न भनिन्थ्यो । तर चारपाँच दिनमै पराल र माटो यति मजाले बाँधिसकेको हुन्थ्यो कि हाम्रो कुनै दाल गल्थेन् ।
त्यसका लागि सानो कोदालीको सहारा लिएर काका वा बुवाले नै खोस्रिनुपथ्र्यो । त्यो पनि जतनसँग, ता कि भित्र पाकेको केरा नबिग्रियोस् ।
एउटा अर्को स्मरण छ, अध्ययन गर्न तराईँ झरेपछि माटो र झिँगडीले बारेको, माटोकै टायलले छाएको सानो छाप्रो मेरो निवाश थियो । आज पनि धनगढी पुग्दा मेरो निवाश त्यही हो।
चैतमास तराईँमा खुबै हुरीबतास चल्ने । बेजोडको चैते हुरीले घरका टायल उडाएर तोडफोड गरिदिन्थ्यो । २०५८–६० सालतिर एउटा टायलको चार, पाँच रुपैयाँ पथ्र्यो । २०–२२ वटा टायल फेर्नुपरेमा त्यो बजेट विद्यार्थी जीवन विताइरहेको मेरो तत्कालीन अवस्थामा सम्भव थिएन । बुवाको अनुदान कुरेर बस्नुपर्थ्यो।
यो प्रसंग भोटेकोशी महाविपतद्सँग जोड्न मात्र खोजेँ।
जमिन त के सुकाउन राखेको लुगा समेत नभिजी आएको यो पारिलो दिनको आँशुको सुनामीले हृदय भएका हरेक नेपालीको मन चिमोठिएको छ । दुखेको छ भित्रैसम्म नमिठोगरि । पोलेको छ भतभती।
जमिन त के सुकाउन राखेको लुगा समेत नभिजी आएको यो पारिलो दिनको आँशुको सुनामीले हृदय भएका हरेक नेपालीको मन चिमोठिएको छ । दुखेको छ भित्रैसम्म नमिठोगरि । पोलेको छ भतभती।
दृश्य मात्रै देख्नेलाई अत्यास लाग्ने त्यो त्रासदी सहने र भोग्नेहरुको पीडाको आयतन त खै खुन तराजुले जोेख्न सकिएला र ! कैयौँको कुनै निशानी राखेन । कैयौँको कुनै चिनारी छोडेन । कतिका आधा आफन्त बगायो । धेरैका प्रियजन लापता बनायो।
कैयौँ होनहार नागरिकहरु खै कुन सुरुङ वा भीरबाट अझै पनि हामी जीवित छौँ भन्छन् कि भन्ने विश्वास तीन दिनपछि सकुशल भेटिएकी ५ वर्षीया मनिषा उचा मगरले थप दह्रो बनाइदिएकी छन्।
भीमकाय बाढीको मुखबाट उम्केर सेनाको उद्धारमार्फत त्रिशूली पुगेका लोकबहादुर र गीता उचा मगर लेदोले पुरिएको घरमा ‘अब छोरी जीवित त के चिनो पनि पाँइदैन’ भनेर पुख्र्यौली घर अर्धाखाँची हिँडिसकेका थिए।
तर ‘कुदरतका करिस्मा’ भने झैँ बाढीले पुरेको तीन दिनपछि सशस्त्र प्ररहीले जसरी तीँ छोरी सकुशल हातमा राखिदियो, त्यसरी नै कैयौँ हराइरहेका दाजुभाइ, दिदीबहिनी, बाआमा, भाइबैनाहरु फेला पर्ने जीजिविषा अझै बलियो बनाइदिएको छ।
बिडम्बना उद्धारमा बिलम्ब भएको विषय यतिबेला बहसमा आउन थालेको छ । हो घरबाट निस्किएको आफन्त घर फिर्नुपर्ने समयभन्दा केही बिलम्ब भयो र सम्पर्क भएन भने त हाम्रो मन कति आँत्तिन्छ! यहाँ त एक त्रासदीपूर्ण प्राकृतिक विपत्तिले बेपत्ता बनाएका आफन्तहरुको सवाल छ । यस्तोमा आफन्तहरुको चिन्ता चाहिँदो हो । मर्म जायज हो । हतार स्वभाविक हो । छटपटी र बेचैनी बिलकुल ठिक हो।
तर आलोचना र अर्ति दिने हामीसँग पनि कसरी र के गरिनुपर्थ्यो भन्ने न योजना छ, न ढंग, न त त्यो ज्ञान र अनुभव। भएको भए पाँच, छ दिनसम्म राज्यका सबै संयन्त्रले गरिरहेको प्रयास हेरिसकेपछि हामी फ्रिको सुझाव दिने थिएनौँ होला।
त्यो ज्ञान, वुद्धि र विवेक भएको भए महाविनाश आएको केही घन्टामै गर्नुपर्ने काम र गर्ने तौरतरिकाको लामो सूचि बनाएर सरकारलाई बुझाइसकेका हुन्थ्यौँ होला।
हो केही नौटंकीहरु भएका छन्, पक्कै भएका छन् । सत्तारुढ दलका सभापतिले संसदमा उभिएरै विशेष आग्रहसहित गरिएका अपिल उलंघन भएका छन् । दर्दको कथा कोरिएको भूगोललाई पृष्ठभूमि पारेर कोही ‘विपद् पर्यटन’मा रमाए । कोही हेलिकप्टर चढेर सर्वेसर्वा देखिन पुगे।
हो केही नौटंकीहरु भएका छन्, पक्कै भएका छन् । सत्तारुढ दलका सभापतिले संसदमा उभिएरै विशेष आग्रहसहित गरिएका अपिल उलंघन भएका छन् । दर्दको कथा कोरिएको भूगोललाई पृष्ठभूमि पारेर कोही ‘विपद् पर्यटन’मा रमाए । कोही हेलिकप्टर चढेर सर्वेसर्वा देखिन पुगे।
कैयौँले पदीय स्वमत बिर्सेर जनप्रतिनिधिलाई निम्मस्तरको शैलीमा हकारे । गृहमन्त्रीको सुरु उपस्थिति प्रकृतिको कहरसँग लडिरहेको हरेक एक जवानको मनोबल बढाउने कदमका रुपमा भए पनि पछिल्लो खटाइ र पलपलको अपडेटले भने कहीँ न कहीँ प्रचार मोहको संकेत गर्छ।
यो विषय दुईतिहाई शक्तिसहितको सत्तारुढ दलले विधानमै व्यवस्था गरेको ‘राइट टु रिकल’को व्यवस्थाले सम्बोधन पक्कै गर्नेछ भन्ने अपेक्ष गरौँ। फेरि प्रसंग जोडौँ, उद्धार, राहत र पुनःनिर्माणमा केही भएन, समयमै हुन सकेन भन्ने आवाजतिर।
पीडित पक्षको आक्रोस, आवेग र आलोचना जायज हो । अघि पनि उल्लेख गरिसकेँ कि हामी आफ्ना आफन्त कामबाट घर फर्किन स्वभाविकभन्दा केही बिलम्ब भयो भने त कति छटपटिन्छौँ ! यहाँ त मडारिएर आएको विपतले आफन्त बेपत्ता पारेको सवाल छ।
तर हामी स्वघोषित जानकारहरु, विपक्षी दलका राजनेताहरु, सामाजिक सञ्जालका विद्वानहरु । पाँच, ६ दिनसम्म कहाँ टोपलिएर बसेका थियौँ ? पीडित त पीडामै थियो । प्रभावित त प्रभावमै थिए र छन् । तर हामी ? हामी आज आएर बल्ल यस्तो गरिएन, उस्तो भएन, यसो गरेको भए हुन्थ्यो, त्यसो गरेको भए हुन्थ्यो, किन भनिरहेका छौँ ?
विपद्मा तारतम्य र सुरम्य तरिका अपनाइँदैन । त्यसैले विपद्को बेला काम आउने एम्बुलेन्सको अक्षर पनि उल्टो लेखिएको हुनुपर्छ । जसको संकेत हो, जे सकिन्छ, जताबाट सकिन्छ, त्यसरी हुन्छ केही गर, जता मिल्छ त्यतैबाट जाउ।
किनकि विपद्मा तारतम्य र सुरम्य तरिका अपनाइँदैन । त्यसैले विपद्को बेला काम आउने एम्बुलेन्सको अक्षर पनि उल्टो लेखिएको हुनुपर्छ । जसको संकेत हो, जे सकिन्छ, जताबाट सकिन्छ, त्यसरी हुन्छ केही गर, जता मिल्छ त्यतैबाट जाउ।
बुधबार अर्थात भदौ १० गते महाविपत्ति आइलागेको केही क्षणभित्रै सरकारले पनि त्यही गर्यो । एम्बुलेन्सको शैलीमा जे सक्यो, जति जान्यो र आजपर्यन्त गर्दैछ।
सरकारले कम्तिमा २०८१ असोज १२ गते ललितपुरको नख्खु खोलाको टहरामा जस्तामाथि उद्धारको याचना गरिरहेको परिवारलाई झैँ रसुवा, नुवाकोट र धादिङका खोँचमा ‘भिजिबिलिटी’ पुगेन भनेर त पन्छिएन।
यो महाविपद् २०७१ साउन १७ गतेको जुरे पहिरोजस्तो पनि थिएन । जुरेमा त कम्तिमा रातभर परेको वर्षाले पहिरो खसेको थियो । सुनकोशी थुनिएको थियो। जुन प्रकोपमा १५६ जनाले ज्यान गुमाएका थिए । त्यसताका उद्धारका खातिरभन्दा सरकार र सभामुखका विपद् पर्यटनमा उडान बढी भएका थिए। यसपटकको जति तदारुकता त्यसबेला पनि भैदिएको भए सायद त्यति धेरै मान्छेले ज्यान गुमाउनुपर्ने थिएन कि ?
अनि २०७८ असार १ मा मेलम्चीमा भीषण बाढी आउनसक्ने संकेत हामीले किन पाएनौँ ? वा आइसकेपछि कैयौँ महिनासम्म काठमाडौंले पानी खान किन पाएन ? जबकी राजधानीमा पानीका व्यापारीहरुले अर्को तला थप्न भ्याए तर तत्कालीन राज्यसत्ताले महिनौँसम्म मेलम्चीको मुहान बनाउन सकेन।
त्यो बिनास भोटेकोशी महाविनाशको तुलनामा कम थियो, फरक थियो । किनभने आज आधा दर्जन सुरुङमा मान्छे फसेका छन् । त्यहाँ निर्माण होइन लेदोले पुरेको सुरुङ खोजेर, चट्टानी भित्ता फोरेर मान्छेले मान्छेको उद्धार गर्नुछ।
आफन्तको पर्खाइमा रहनुभएका आम दाजुभाइ, दिदीबहिनी, आमाबुवा, भाइबहिनीसँग माफी माग्दै एउटा विषय यहाँ उठान गर्न चाहन्छु।
केही दृश्यहरु चर्चाका लागि पक्कै रचिएका छन् । प्रख्यातीको भोक केही राजनीतिज्ञहरुमा पक्कै देखिन्छ । चाहे त्यो सत्ता पक्षका हुन् वा विपक्षमा बसेर विरोध गर्नेहरु । त्यसको मूल्यांकन सम्बन्धित पार्टीले गर्लान्, भोलि जनताले गर्लान।
हो, केही दृश्यहरु चर्चाका लागि पक्कै रचिएका छन् । प्रख्यातीको भोक केही राजनीतिज्ञहरुमा पक्कै देखिन्छ । चाहे त्यो सत्ता पक्षका हुन् वा विपक्षमा बसेर विरोध गर्नेहरु । त्यसको मूल्यांकन सम्बन्धित पार्टीले गर्लान्, भोलि जनताले गर्लान।
तर विपद् आउने वित्तिकै एक आदेशमै अनकन्टार र जोखिमको दलदलमा पुगेका तीं सुरक्षाकर्मीहरुले के आफ्ना लालाबाल, श्रीमान, श्रीमती वा बाआमासँग टिकाटालो गरेर उद्धारको यात्रा थालेका थिए होलान् र ? पक्कै होइन । जस्तो अवस्थामा थिए, त्यस्तै दौडिए।
म जानकार त होइन, तर सुरुङ उद्धार पक्कै त्यति सजिलो छैन । मैले सुरुमै केराको प्रसंग यहाँ स्मरण गराउन चाहेँ । माटो र परालले भरिएको खाल्डोमा केरा खोज्न त कति धौ धौ थियो भने यो त चट्टानी सुरुङभित्र मान्छे खोज्ने कुरा पो हो।
धेरै कुरा विज्ञले भन्लान । पाँच दिन भइसक्दा पनि सुरुङमा फसेकाको उद्धार नै गर्न सकेन भन्नेहरुलाई एकपटक ‘सिल्क्यारा– ४१’ सिनेमा हेर्न सुझाव भने दिनसक्छु। भारतको उत्तराखण्डमा रहेको सिल्क्यारा बर्कोट सुरुङमा सन २०२३ मा भएको दुर्घटना र त्यसपछिको उद्धारमा आधारित यो सिनेमाले सुरुङ उद्धारको कठिनाइ कति गहिरो हुन्छ भन्ने कहन्छ। जुन उद्धार गर्न पाइपबाट अक्सिजन, पानी र खाना पठाएर १७ दिन लागेको थियो । जहाँ ४१ जनाको ज्यान बचाइएको थियो।
त्यसले चित्त नबुझे अर्को सिनेमा ‘मिसन रानीगञ्ज’ हेरे हुन्छ । जुन सिनेमा पश्चिम बंगालको रानीगञ्जस्थित एक कोइला खानीको सुरुङमा पानी पसेर फसेका ६५ जना मजदूरलाई बचाउन पाइपको क्याप्सुलबाट बाहिर निकाल्ने दृश्यमै सिंगो सिनेमा सकिएको छ।
भोटेकोशी महाविपदपछिको सुरुङ उद्धार त्योभन्दा जटिल किन लाग्छ भने, यहाँ सुरुङ पत्ता लगाउनु नै पहिलो उपलब्धि हो। त्यसपछि गेग्रानसहितको लेदो कहाँसम्म भरिएको छ भन्ने अनुमान गर्नु अर्को जोखिम देखिन्छ । अनि अत्यन्त विकट स्थानमा उपकरणको जोहो गर्नु युद्ध जितेसरह बनेको छ।
त्यसैले त चिलले खुकुरा झुण्ड्याएर उडे झैँ हेलिकप्टरले एक्साभेटर, क्रेनलगायतका उपकरणहरु टुक्रा टुक्रामा ओसार्नुपरेको सत्य हाम्रा सामु प्रस्ट छ। खैर यहाँ वर्तमान सरकारको जयजयकार गर्न खोजिएको होइन् । ना लेना ना देना ! तर सत्य, सत्य हुनुपर्छ । बोल्नेले सत्य बोल्नुपर्छ।
सत्तामा हुँदा आफू अनुकूल, आफू बाहिर हुँदा अरु प्रतिकूल बोल्ने रोगकै कारण मुलुक निर्माणको गति जहिले धिमा बनेको अर्को सत्य हो। आज यो महाविपदपछिको उद्धारमा हामी हातेमालो गर्छौँ भन्ने राजनीतिक दलले कति स्वयम्सेवक खटायो ? कतिको पीडामा मल्हम लगाउन पुग्यो ?
आफू सत्तामा हुँदा आफू अनुकूल, आफू बाहिर हुँदा अरु प्रतिकूल बोल्ने रोगकै कारण मुलुक निर्माणको गति जहिले धिमा बनेको अर्को सत्य हो। आज यो महाविपदपछिको उद्धारमा हामी हातेमालो गर्छौँ भन्ने राजनीतिक दलले कति स्वयम्सेवक खटायो ? कतिको पीडामा मल्हम लगाउन पुग्यो ? कतिको गाँसबासको जोहो गर्यो वा काठमाडौंका क्याफेमा बसेर बाइट दिनमै समय बित्यो ? हिसाब समयले नै गर्नेछ।
अनि आफू सत्तामा हुँदाका दिन हेलिकप्टरमार्फत विपद् देशाटन गरेर बालुवाटारमा डकार्नेले जुरेदेखि, मेलम्ची बाढीपहिरो, डोटीदेखि, दैलेख भूकम्पका पीडितहरुलाई कहाँ व्यवस्थापन गर्यो ? कुन रोजागारी दियो ?
भूकम्पमा आश्रय र कोरोनाकालमा कतिलाई अक्सिजन दिन सकियो ? त्यसको हिसाब छ कि कतै ? बरु भएको अक्सिजन, आएको थर्मागनको कालोबजारीमा रमिते भएर हेरेको सत्य बाँचेका नेपालीले बिर्सेका छैनन्।
भोटेकोशीको यो महाविपद त्योभन्दा पनि अचानक र भयानक रुप लिएर आयो, जुन हिन्द महासागरको सुनामीले सन २००४ डिसेम्बर २६ मा इन्डोनेसिया, इन्डिया, श्रीलंंका, मलेसिया, माल्दिभ्स, बंगलादेश, केन्यादेखि यमनसम्म १४ देशमा तवाही मच्चायो । २ लाख ३० हजार मानिसको मृत्यु वा बेपत्ता भए।
हामीभन्दा सबल र अब्बल प्रविधि अनि अर्थशक्ति भएका देशहरुले पनि उक्त सुनामीपछि कैयौँ दिन, महिना र साल पीडामा गुजारे । उद्धार र रातमा बिताए । आज पनि त्यो दर्दनाक घाउको खाटा पुरिएको छैन सायद।
त्यसैले यहाँ म त्यो आफ्नो टायलले छाएको घरको प्रसंग सम्झन चाहन्छु । जसरी सिमित स्रोतमा मर्मत मुस्किल थियो, आज देशको सिमिति स्रोतका सामु विपद् ठूलो आइलागेको छ। हामीसँग स्रोत साधन सिमित छन् । आर्थिक हैसियत साँघुरो छ । एउटा घर निर्माणमा त महिनौ र लाखौँ खर्च लाग्छ भने सिंगो वस्ती, बजार र गाउँका गाउँ पुनःनिर्माण बिरोधको भाषाले मात्रै ठडिने छैन।
सदाचारको भाकाले सिर्जिन सक्छ । यसका बाबजुद पनि कैयौँ अवरुद्ध सडक खुलाउने काम सँगै भएको छ । विगत भोगेका हामीले विपद् थपिँदै गर्दा पनि राज्यका निकायहरु भरमग्दुर व्यवस्थापनमा जुटेको अनदेखा गर्नुहुँदैन।
सडक र पुल अहिले नै दुरुस्त बनाउन सम्भव नभए पनि वैकल्पिक मार्गहरु पहिल्याइने क्रमलाई नजरअन्दाज गर्न मिल्दैन।
सरकर अभिभावक हो । राज्यका सबै संयन्त्रहरुलाई आफूसँगै जोडेर लैजाने सुझबुझ र सिप सरकारसँग हुन जरुरी छ । आफूले नसकेका सवालहरुलाई अरुकाे थाप्लोमा थोपर्ने केटाकेटीपन गर्नु हुँदैन। यतिबेला चटक कम, चिन्तन र सहकार्यको सक्त खाँचो छ।
हो, सरकर अभिभावक हो । राज्यका सबै संयन्त्रहरुलाई आफूसँगै जोडेर लैजाने सुझबुझ र सिप सरकारसँग हुन जरुरी छ । सुरुमै गरिनुपर्ने गुहारको अपिलमा विलम्ब भएकै हो। अन्य राजनीतिक दलले पनि पार्टीका कार्यकर्ता, स्वयम सेवक खटाउन साता पर्खिनु दुखद हो। सत्तासिनले आफूले नसकेका सवालहरुलाई अरुकाे थाप्लोमा थोपर्नु केटाकेटीपन मात्र हो। यतिबेला चटक कम, चिन्तन र सहकार्यको सक्त खाँचो छ।
यो महाविपद्मा मभन्दा माथि उठेर हामी एक हुन समयले माग गरेको छ । यो समयलाई सम्बोधन गर्न सकेनौँ भने आउने समयले हामीलाई संगाली राख्ने छैन।
(लेखक अक्षरपाटीका सल्लाहकार सम्पादक हुन्)
आलेख उद्धार र राहत भोटेकोशी महाविपद् शिवराज योगी

