Logo
२ असोज २०८३, शुक्रबार

सरकार बादी र दलितका अधिकार शुनिश्चित गर्न गम्भीर छ : मुख्यमन्त्री भट्ट

अक्षरपाटी
२०८३ असोज २ , शुक्रबार ०३:०९ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकार बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्न गम्भीर रहेको बताएका छन्।

सुदूरपश्चिम प्रदेश बादी उत्थान बिकास समितिको सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकार गरिब, असहाय र भुइँमान्छेको सरकारका रूपमा स्थापित गर्ने गरी आगामी बजेट तथा कार्यक्रम निर्माणको तयारी भइरहेको उनले बताए।

महिला, गरिब, असहाय, बालबालिका, नवयुवा, बादी तथा सुकुम्बासी समुदायमैत्री सरकार निर्माणसँगै सुशासनयुक्त शासन व्यवस्थालाई प्राथमिकतामा राखेर बजेट निर्माणको तयारी समेत भइरहेको उनको भनाइ छ।

उनले राज्यमा अझै पनि असमानता र विभेद कायम रहेको भन्दै त्यसको अन्त्यका लागि राज्यले गर्नुपर्ने धेरै काम बाँकी रहेको उल्लेख गरे। दसवर्षे जनयुद्धले दलित तथा बादी समुदायमाथि हुने धेरै प्रकारका विभेद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

मुख्यमन्त्री भट्टले आगामी बजेटमा ‘दलित अधिकार दशक’ का रूपमा विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको बताए। दलित समुदायमाथिको छुवाछुत पूर्ण रूपमा अन्त्य गर्दै उनीहरूको आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउने गरी कार्यक्रम तथा योजना अघि बढाइने उनले बताए।

सुदूरपश्चिम प्रदेश

ट्रेन्डिङ ( साप्ताहिक )