Logo
२१ जेठ २०८३, बिहीबार

भक्तपुरको विद्यालयमा भीषण आगलागी, ५० लाख रुपैयाँ बराबरको क्षति

अक्षरपाटी
२०८३ जेठ २१ , बिहीबार १०:०६ मा प्रकाशित

काठमाडौं । भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुल मा बुधबार भीषण आगलागी हुँदा विद्यालय भवनको दुई तला पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिका अनुसार आगलागीबाट पाँच वटा कक्षाकोठा पूर्ण रूपमा नष्ट भएका छन् भने करिब ५० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रारम्भिक रूपमा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। घटनापछि विद्यालय परिसरमा जलेका सामग्री हटाउने तथा सरसफाइको काम सुरु गरिएको छ। पठनपाठन लामो समय प्रभावित नहोस् भन्ने उद्देश्यले विद्यालय प्रशासनले आवश्यक व्यवस्थापन गरिरहेको जनाएको छ।

घटनाको विस्तृत क्षति विवरण सङ्कलन तथा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त जगातीले जनाएको छ।

आगलागी

ट्रेन्डिङ ( साप्ताहिक )