


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहे पनि करिब एक घण्टा ढिलो गरी मतदान प्रक्रिया सुरु भएको हो।
महाधिवेशनअन्तर्गत खुलामञ्चमा ६ प्रदेश तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्। त्यस्तै, बागमती प्रदेशबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा मतदान गरिरहेका छन्।
नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। यस निर्वाचनबाट कांग्रेसको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू चयन हुनेछन्।
मतदान प्रक्रिया सुरु भएसँगै कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढेको छ।
नेपाली कांग्रेस

