


काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दुई घण्टाको अवधिमा १ हजार २९३ मत खसेको छ।
शुक्रबार बिहान ८:३० देखि १०:३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशका महाधिवेशन प्रतिनिधिहरूले मतदान गरेका हुन्। मतदानको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णालीबाट संयुक्त रूपमा २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ।
मतदान प्रक्रिया निर्वाध रूपमा अघि बढिरहेको जनाइएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।
नेपाली कांग्रेस

