Logo
१२ कात्तिक २०८३, बिहीबार

एनपीएल : जनकपुरविरुद्ध काठमाडौंले टस जितेर ब्याटिङ रोज्यो

अक्षरपाटी
२०८३ कात्तिक १२ , बिहीबार १२:१० मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

काठमाडौंका कप्तान करण केसीले मैदानको अवस्थालाई ध्यानमा राख्दै विपक्षी टोलीलाई लक्ष्य दिनु उपयुक्त हुने ठानेर ब्याटिङ रोजेको बताएका छन्।

काठमाडौं गोर्खाजले यस सिजनको पहिलो खेल खेल्न लागेको हो। उता, जनकपुर बोल्ट्स भने प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। जनकपुरले यसअघि खेलेको खेलमा हार बेहोरेको थियो।

आजको खेलमा काठमाडौंले कस्तो लक्ष्य प्रस्तुत गर्छ र जनकपुरले त्यसलाई पछ्याउन कस्तो प्रदर्शन गर्छ भन्ने चासो रहेको छ।

एनपीएल एनपीएल सिजन–३

ट्रेन्डिङ ( साप्ताहिक )