Logo
७ वैशाख २०८१, शुक्रबार

आशिष, पवित्रा र नितुले ल्याए तिहार गीत ‘झिलीमिली’ 

अक्षरपाटी
२०८० कात्तिक १६ , बिहीबार ०१:११ मा प्रकाशित

काठमाडौं । नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा  गायक आशिष रायमाझी, गायिका पवित्रा गुरुङ र गायिका नितु  पुनको स्वरमा ‘झिलीमिली’ बोलको म्युजिक भिडियो सार्वजनिक छ।

गीतमा  स्वयम गायक रायमाझीको शब्द, संगीत र संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा गायक रायमाझी, पवित्रा गुरुङ, नितु पुन, प्रजिना गुरुङ र टिमको अभिनय रहेको छ।

 सनम तामाङले छायाँकन गरेको यस गीतको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन्।  विजय मगरको निर्देशनमा भिडियो तयार पारिएको हो।  

गायक रायमाझी ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा टप १० मा पर्न सफल  प्रतियोगी हुन् ।  यसअघि उनले ‘सपनीमा’, ‘मोहनी’, लगायत गीत तथा म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्।

‘द भ्वाइस अफ नेपाल’ का यसअघिका सिजनमा पवित्रा र नितुले समेत सहभागिता जनाएका  थिए।