काठमाण्डौ,१० माघ । दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी मानिएको पाकिस्तानसँग खेल्न लागेको हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।
नेपालले १९ वर्ष मुनिको विश्वकपमा यसअघि पाकिस्तानलाई एउटा खेलमा हराइसकेको छ । सन् २००२ मा न्युजिल्यान्डमा आयोजित विश्वकपमा नेपाली टोलीले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो ।