Logo
१७ भदौ २०८२, मंगलबार

नेप्से परिसूचक ३६ अंकले घटेर सेयर कारोबार १२ अर्बमा सीमित

अक्षरपाटी
२०८१ भदौ १३ , बिहीबार ०४:०८ मा प्रकाशित

काठमाडौं,१३ भदौ । सेयर कारोबार साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स १.६७ प्रतिशतले घटेर ४८९.७९ विन्दुमा अडिएको छ।

अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ३.८० अंकले बढेर २७८६.४० मा पुगेको थियो। सो दिन १३ अर्ब ७२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज नेप्से दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ।

३२२ स्क्रिप्सको २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता सेयर १२ अर्ब २४ करोड ३६ लाख १ हजार ३६५ रुपैयाँमा कारोबार भयो। दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
कुथेली बुखारी स्माल हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भयो।

मिड सोलु हाइड्रोपावरको सेयर ८.४८ प्रतिशतले बढ्दा मितेरी डेभलपमेन्ट बैंकको ७.८९ र पिपुल्स हाइड्रोपावरको ७.६२ प्रतिशतले बढ्यो।

यसैगरी अपी पावरको ३६ करोड,हिमालयन रिइन्स्योरेन्सको ३५ करोड,नेपाल फाइनान्सको ३४ करोड र राधी विद्युत कम्पनीको ३१ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ५३ स्टक्सको मूल्य बढ्यो भने १८८ वटाको मूल्य घट्यो। बाँकी २ स्टक्सको मूल्य भने स्थिर रह्यो।