Logo
१७ जेठ २०८३, आईतबार

मथारमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २५ घाइते

अक्षरपाटी
२०७९ कात्तिक १३ , आईतबार ०९:१० मा प्रकाशित

पाल्पा। पाल्पा रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

ना६ख ७५८० नम्बरको बस आज बिहान ४ बजे नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दुर्घटनामा परी २५ जना घाइते भएका छन्। दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन लगिएको छ। घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ।

दुर्घटना