Logo
२७ फागुन २०८१, मंगलबार

काठमाडौंबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना, १२ जना घाइते

अक्षरपाटी
२०८१ असोज १४ , सोमबार ०२:०९ मा प्रकाशित

काठमाडौं । काठमाडौंबाट पोखराका लागि जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटनामा परेको छ।

सोमबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका-७ चापाबोटस्थित सडकबाट अन्दाजी ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिए।

ग १ ख ४५३५ नम्बरको गाडी खसेर रूखमा अड्किएको हो।

दुर्घटनामा घाइते भएका १२ जनालाई काठमाडौंको ग्रिनसिटी अस्पतालमा ल्याइएको छ।

यो सडकखण्ड काठमाडौं‌बाट नुवाकोटको त्रिशुली हुँदै गल्छी पुगेर पृथ्वी राजमार्गमा जोडिन्छ। झ्याप्ले खोला पहिरोका कारण नौबिसे-काठमाडौं सडक जाम हुँदा सवारीसाधनहरू वैकल्पिक बाटो (काठमाडौं-नुवाकोट-धादिङ) भएर जाने गरेका छन्।