Logo
२ कात्तिक २०८१, शुक्रबार

सेयर बजारमा ७ अर्बमाथिको कारोबार

अक्षरपाटी
२०८१ कात्तिक १ , बिहीबार ०३:१० मा प्रकाशित

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा पुगेको छ।

आज नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ। यसदिन ७ अर्ब माथिको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार ४३ अंकले बढेको सेयर बजारमा ५ अर्बमाथिको कारोबार भएको थियो।

यसदिन ३१६ स्क्रिप्सको १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता सेयर ७ अर्ब १९ करोड २७ लाख ९२ हजार १६६ रुपैयाँमा खरिदबिक्री भए। नेप्से सामान्य अंकले बढ्दा सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

गुडविल फाइनान्सको सेयर सर्वाधिक ७.६३ प्रतिशतले बढ्दा एनआईसी एसिया सेलेक्ट फण्ड र सनराइज ब्लुचिप फण्डको सेयर ६ प्रतिशतले बढीले बढ्यो। यसैगरी समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी डेभलपमेन्टको ५/५ प्रतिशतले सेयर बढ्यो।

३३ करोडको सेयर कारोबार गरी कुमारी बैंक शीर्षस्थानमा रह्यो। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्टले २६ करोडको सेयर कारोबार गर्दा हिमालयन रिइन्स्योरेन्सको २० करोड,नगदी ग्रुप र गुडविल फाइनान्सको १८/१८ करोडको सेयर कारोबार भयो।

कारोबारमा आएका ८९ स्टक्सको मूल्य बढ्दा १४२ वटाको मूल्य घट्यो। बाँकी १३ स्टक्सको मूल्य भने यसदिन स्थिर रह्यो। यसदिन ७ समूहको सूचक बढ्दा अन्य ६ समूहको उपसूचक नकारात्मक देखिएका छन्।