काठमाडौं । लगातार बढेर नयाँ-नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य २८ सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घटेर १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको हो।
यसअघि, कात्तिक १५ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ कायम रहेको थियो। यो नै हालसम्मकै उच्च मूल्य हो।
आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेर २ हजार ३० रुपैयाँ कायम भएको छ। यसअघि कात्तिक १५ गते चाँदीको मूल्य प्रतितोला २ हजार ९० रुपैयाँ रहेको थियो।
सुन