Logo
९ वैशाख २०८२, मंगलबार

ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

अक्षरपाटी
२०८१ मंसीर १३ , बिहीबार १०:११ मा प्रकाशित

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छभने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

भक्तपुरबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएको र उनकी श्रीमती नवीनाको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ।

घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा उपचार भइरहेको छ ।

प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।