Logo
१२ असार २०८३, शुक्रबार

नेप्से सामान्य अंकले बढ्यो

अक्षरपाटी
२०८१ फागुन १२ , सोमबार ०४:०२ मा प्रकाशित

काठमाडौं । आज नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७४ विन्दुमा कायम भएको हो। यसदिन ३१० स्क्रिप्टको २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७५८ रुपैयाँमा खरिदबिक्री भए।

आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको हो। राप्ती हाइड्रोको ९.४७, बोटलर्स नेपालको ८.४७, नेपाल हाइड्रोको सेयर ७.१३ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योर‍ेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८९ करोड ३५ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

यसदिन चार समूहको उपसूचक बढ्दा अन्यको भने घट्यो। अदर समूहको उपसूचक सर्वाधिक २.५० प्रतिशतले बढ्यो।

नेप्से