Logo
१४ असार २०८३, आईतबार

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित

अक्षरपाटी
२०८१ चैत्र १२ , बुधबार ११:०३ मा प्रकाशित

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित भएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो ।

समिति सभापति अम्मरबहादुर थापाले विधेयक समितिबाट पारित भएको बताए। विधेयकलाई समितिको प्रतिवेदनसहित चाँडै सदनमा लैजाने तयारी गरिएको छ।

समितिले पारित गरेपछि विधेयक प्रतिनिधि सभामा जानेछ। समितिले पास गरेको विधेयकमा सेरेमोनियल कुलपति रहने प्रावधान छ। विश्वविद्यालयको निर्णय प्रक्रियामा सहकुलपतिले कार्यकारी अधिकार प्रयोग गर्नेछन्।

विश्वविद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री सहकुलपति रहनेछने।