Logo
१८ वैशाख २०८१, मंगलबार

रामकृष्ण र बेनिषाको ए माया जुनकिरी बजारमा

अक्षरपाटी
२०७९ कात्तिक १९ , शनिबार १०:११ मा प्रकाशित

काठमाडौँ। गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतको भिडियोमा अनुषा अधिकारी र आकाशको जोडी बाँधिएको छ। गोबिन्द कँडेल आँशुको शब्द रचना तथा दिपक शर्माको संगीत छ।

सार्वजनिक ‘ए माया जुनकिरी’ बोलको गीतको भिडियोको निर्माता सुरज अधिकारी रहेका छन्। राजेन्द्र बजगाईंको संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्।

बुद्द थापाले छायांकन गरेको भिडियोको सम्पादन बिकाश धमलाले गरेका हुन्। गम्भीर बिस्टको कोरियोग्राफी रहेको भिडियो रामकृष्ण ढकालको आफ्नै यु ट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्र।