धनगढी । धनगढीस्थित निसर्ग हस्पिटलले विश्व नर्स दिवस तथा बुद्ध जयन्ती विशेष कार्यक्रमसहित भव्य रूपमा मनाएको छ। नर्सिङ पेशाप्रति सम्मान, प्रेरणा र जागरूकता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्त र विशिष्ट अतिथि मेडिकल डाइरेक्टर डा. मेराज आलम अन्सारी र सेती प्रादेशिक अस्पतालकी मेट्रोन शिमा शर्मा रहनुभएको थियो ।
निसर्ग हस्पिटलको नर्सिङ विभागद्वारा आयोजित कार्यक्रममा हस्पिटलका बिभिन्न वार्डमा कार्यरत नर्सहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमकी विशिष्ठ अतिथी सेती प्रादेशिक अस्पतालकी मेट्रोन शिमा शर्माले नर्स दिवसको महत्व, नर्सहरूको भूमिका र जिम्मेवारीका विषयमा जानकारीमूलक प्रस्तुति दिनुभएको थियो।
कार्यक्रममा लामो समयदेखि नर्सिङ सेवामा समर्पित व्यक्तित्वहरूलाई सम्मान गर्ने परम्परा अनुसार, निसर्ग हस्पिटलकी नर्सिङ डाइरेक्टर मञ्जु केसी र सेती प्रादेशिक अस्पतालकी मेट्रोन शिमा शर्मालाई मायाको चिनो र दोसल्ला ओढाई सम्मान गरिएको थियो।
विश्वमा नर्सिङ सेवाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिंगेलको जन्मतिथि १२ मे लाई संसारभर विश्व नर्स डेको रुपमा मनाउन थालिएको हो । निसर्ग हस्पिटलले प्रत्येक वर्ष नियमित रूपमा नर्स दिवस मनाउँदै आएको छ।
बुद्ध जयन्ती विश्व नर्स दिवस