Logo
८ असार २०८२, आईतबार

माओवादी केन्द्रको बैतडी पार्टी कार्यालयमा आगजनी

अक्षरपाटी
२०८२ असार ८ , आईतबार १०:०६ मा प्रकाशित

बैतडी। माओवादी केन्द्रको पार्टी कार्यालयमा बैतडीमा आगजनी भएको छ।

शनिवार साँझ साढे पाँच बजे आगजनी भएको हो। आगजनी कसले गर्यो भन्नेबारे थाहा नभएको माओवादी केन्द्रले जनाएको छ।

आगजनीबाट मुख्य कागजात तथा फर्निचर पूर्णरूपमा जलेर नष्ट भएको माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य धर्मसिंह ऐरले बताए।

करिब साढे ५ बजेको समयमा आगजनी भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बैतडीको प्रहरी टोली खटिएर आगो नियन्त्रणमा लिएको थियो।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता बलदेव बडूले बताए।