Logo
३१ असार २०८२, मंगलबार

मौद्रिक नीतिको उत्साह- सेयर बजारमा दुई दिन पनि टिकेन

अक्षरपाटी
२०८२ असार ३० , सोमबार ०५:०७ मा प्रकाशित

काठमाडौं । सेयर बजारमा मौद्रिक नीतिले ल्याएको उत्साह दुई दिन पनि टिक्न सकेन।

मौद्रिक नीति आएपछि आइतबार बजारमा उत्साह देखिएको थियो। आइतबारका दिन नेप्से २९ अंक बढेको थियो। तर सो वृद्धि दुई दिन पनि टिकेन।

यसले मौद्रिक नीति सेयर बजारअनुकूल आएको भनिए पनि सोमबार एकै दिन जार ३३.०९ अंकले घटेको छ।

सोमबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ८ अर्ब १७ करोडको भयो ।

आज ओरालो लागेपछि नेप्से २७२५ मा कायम भएको छ। १२ असारमा बजार २५९५ अंकसम्म झरेको थियो ।

आइतबार ५० कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो । हाइड्रोपावरबाहेक सबै समूहका सूचक घटेका छन् । हाइड्रोपावर ०.१५ प्रतिशत बढ्यो ।

बैंकिङ सबैभन्दा धेरै २.४६ प्रतिशत घट्यो । त्यस्तै विकास बैंक १.४८, फाइनान्स १.१३, होटल तथा पर्यटन ०.२५, लगानी १.२५, जीवन बीमा १.३६, उत्पादन तथा प्रशोधन ०.७८, माइक्रोफाइनान्स १.२३, निर्जीवन बीमा १.०५, अन्य १.२५ तथा व्यापार ०.६४ प्रतिशत घटे।

माैद्रिक नीति सेयर बजार