Logo
१६ भदौ २०८२, सोमबार

कार्यदलले गभर्नरलाई बुझायो बैंकिङ क्षेत्र सुधार्ने प्रतिवेदन

अक्षरपाटी
२०८२ असार ३० , सोमबार ११:०७ मा प्रकाशित

काठमाडौं। बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बैंकिङ क्षेत्र सुधारका लागि सुझावसहितको प्रतिवेदन बुझाएको छ।

सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेललाई सो प्रतिवेदन बुझाएको हो।

यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न रेवतबहादुर कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

सोही कार्यदलले सुझावसहितको प्रतिवेदन सोमबार गभर्नरलाई बुझाएको हो।

कार्यदलमा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दहाल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिव थिए।

कार्यदलले गत मंगलबार (असार २४ गते) प्रारम्भिक प्रतिवेदन बुझाए पनि आज अन्तिम प्रतिवेदन बुझाएको नेपाल राष्ट्र बैंकले विज्ञप्तिमार्फत जनाएको छ।

कार्यदल नेपाल राष्ट्र बैंक