Logo
१ असार २०८३, सोमबार

आज देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्रीको अपील

अक्षरपाटी
२०८२ साउन ४ , आईतबार ०९:०७ मा प्रकाशित

काठमाडौं। आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागले आइतबार मुलुकका धेरै स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको हो।

विभागले आज मौसम सम्बन्धि बुलेटिन जारी गर्दै ३ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी गराएको हो।

ती प्रदेशहरुमा कोशी, बागमति र गण्डकीलगायत देशका पहाडी भूभागका केही स्थानहरु छन्।

भारी वर्षाको सम्भावना भएकाले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न प्रधानमन्त्री केपी शर्मा ओलीले नै आग्रह गरेका छन्।

‘आइतबार व्यापक मात्रामा वर्षा हुने आकलन मौसम विभागले गरेको छ। अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन आम नागरिकलाई आग्रह गर्दछु’, प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत अपील गरेका छन्।

साथै प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएका छन्।

केपी शर्मा ओली जल तथा मौसम विज्ञान विभाग भारी वर्षा

ट्रेन्डिङ ( साप्ताहिक )