Logo
२२ भदौ २०८२, आईतबार

मौद्रि नीतिपछि निरन्तर उकालो सेयर बजार, आज के होला ?

अक्षरपाटी
२०८२ साउन ४ , आईतबार ०९:०७ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ।

यसअघि घटबढ भइरहने सेयर बजार गत साउन २७ मा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गरेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो।

मौद्रिक नीतिको प्रभाव स्वरुप कारोबारको पहिलो दिन गत आइतबार नेप्से परिसूचक २९ अंक बढ्यो।

एक दिन बढ्ने अनि भोलिपल्टै नाफाबुक गरिहाल्ने पछिल्लो परिपाटीका कारण त्यसको भोलिपल्ट सोमबार बजार ३५.०९ अंकले घट्यो पनि। तर त्यसपछि भने सेयर बजार निरन्तर उकालो लाग्यो।

समग्रमा गत साता नेप्से परिसूचक ५.०८ प्रतिशत अर्थात् १३९ अंकले बढ्यो। गत साता २८७० अंकमा रहेर बन्द भएको सेयर बजार यो साताको पहिलो कारोबार आज आइतबार हुँदैछ।

यतिबेला बजार ४ महिना यताकै उच्च विन्दुमा छ।

राष्ट्र बैंकले पनि मौद्रिक नीतिअनुसार आवास कर्जा सीमा ३ करोड र सेयर कर्जा २५ करोड व्यवस्था कार्यान्वयनका लागि परिपत्र गरिसकेको छ।

साउनका लागि बैंकहरुले ब्याजदर थप घटाएर सार्वजनिक समेत गरिसकेका छन्।

जसले सेयर बजारका लागि अनुकूल वातावरण बनिरहेकोले बजार अझ उकालो लाग्ने सेयर बजारका जानकारहरु बताउँछन्।

नेपाल राष्ट्र बैंक मौद्रि नीति मौद्रिक नीति