विराटनगर । अहिलेको पुस्ता (जेन्जी) लाई कांग्रेससँग नजोडे पार्टीको भविश्य धरापमा पर्ने विचार नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले व्यक्त गरेका छन्।
विराटनगर महानगरपालिका ४ कार्यसमितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै उनले जेन्जी पुस्ताविनाको कांग्रेस धराशायी हुने बताएका हुन्।
उनले अहिलेको पुस्ताविनाको कांग्रेस कमजोर हुने र त्यसो भए लोकतन्त्र नै कमजोर हुने बताए।
नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने समेत बताए। लोकतन्त्रको जगेर्नाका लागि बलियो कांग्रेस आवश्यक भएकाले बलियो कांग्रेस बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नुपर्ने धारणा व्यक्त गरे।
उनले लोकतन्त्रका लागि कांग्रेसको भूमिकाबारे युवालाई बुझाउनु पनि जरुरी रहेको बताए। राजनीतिप्रति युवाहरूको वितृष्णा बढिरहेको स्मरण गर्दै उनले वितृष्णालाई आकर्षणमा बदल्नु अहिलेको पहिलो आवश्यकता रहेको बताए।
जेन्जी डा शेखर काेइराला नेपाली कांग्रेस