Logo
२६ साउन २०८२, सोमबार

आज तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री ओली

अक्षरपाटी
२०८२ साउन १८ , आईतबार ०७:०८ मा प्रकाशित

काठमाडौं । अवाजा सहरमा आयोजना हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान जाँदैछन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज राति ११ः५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान जान लागेका हुन्।

तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेका हुन्।

साउन २० देखि २३ गतेसम्म अवाजा सहरमा आयोजना हुने सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

उनले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल हाल एलएलडिसीहरूको अध्यक्षसमेत रहेको छ।

लगभग ४४ करोड जनसङ्ख्या भएको अफ्रिका, एसिया, युरोप र दक्षिण अमेरिकामा अवस्थित ३२ भूपरिवेष्टित विकासशील देशहरूले भाग लिने उक्त सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव र विश्व बजारबाट तिनीहरूको दुर्गमता र अलगावसँग सम्बन्धित विषयमा छलफल हुनेछ।

केपी शर्मा ओली तुर्कमेनिस्तान
यो पनि हेर्नुहोस् : कानुनभन्दा माथि ‘शासक’ ओली !