Logo
२८ असोज २०८२, मंगलबार

साताको अन्तिम कारोबार दिन दोहोरो अंकले बढ्यो शेयर बजार

अक्षरपाटी
२०८२ साउन २२ , बिहीबार ०५:०८ मा प्रकाशित

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ।

नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज १८.३० अंकले बढेर २८३२.०६ बिन्दुमा बन्द भएको छ। बुधबार नेप्से १.९४ अंकले घटेर २८३२.०६ बिन्दुमा बन्द भएको थियो।

आज कारोबारमा आएका १८७ कम्पनीको शेयर मूल्य बढेको छ। भने ६२ कम्पनीको शेयर मूल्य घटेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा आठ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार नेप्सेमा सात अर्ब ६३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज लिबर्टी इनर्जी कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ। यस कम्पनीको आज ३९ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

सर्वाधिक मूल्य बढ्नेमा सिक्लेस हाइड्रोपावर कम्पनी रहेको छ। आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।

नेप्से परिसूचक शेयर बजार