काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले तयार गर्ने लेखापरीक्षण प्रतिवेदनको ढाँचामा हेरफेर गरेको छ।
राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै लङ फर्म अडिट रिपोर्टको ढाँचा संशोधन गरेको हो ।
परिवर्तित लेखापरीक्षण्को प्रतिवेदन ढाँचा गत आर्थिक वर्षको रिपोर्ट तयार पार्दादेखि नै कार्यान्वयन हुने राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकले लेखापरीक्षकले जोखिम व्यवस्थापनबारे दिनुपर्ने राय थप गर्दै कर्जा जोखिमजर्फ गैरबैंकिङ सम्पत्ति, ईएसआरएम, जोखिम व्यवस्थापन समितिबारे पनि राय दिनुपर्ने व्यवस्था गरेको छ।
यसैगरी सञ्चालन जोखिमतर्फ आईटी र साइबर सेक्युरिटी जोखिमबारे पनि राय दिनुपर्नेछ।
आन्तरिक नियन्त्रण प्रणालीतर्फ कम्प्लायन्स फंक्सन, राष्ट्र बैंकको अनुगमन प्रतिवेदन, डिजिटल बैंकिङसमेतबारे राय थप गर्नुपर्नेछ ।
भुक्तानी प्रणाली, पुँजी पर्याप्तता र पुँजीबारे अनुपालना पालना गरे नगरेको विषय पनि अडिट रिपोर्टमा सामेल गर्नुपर्नेछ।
यसअघिको रिपोर्ट ढाँचामा नसमेटिएको विषयहरू पनि समेट्नुपर्ने गरी राष्ट्र बैंकले नयाँ फर्म्याट बनाएको हाे।
राष्ट्र बैंक