Logo
९ भदौ २०८२, सोमबार

पाशुपत क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ बिक्री-वितरणमा प्रतिबन्ध

अक्षरपाटी
२०८२ भदौ ९ , सोमबार ०९:०८ मा प्रकाशित

काठमाडौं। पाशुपत क्षेत्रमा मासु, मदिरा र अन्य नशालु पदार्थ बिक्री, वितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन यस्तो व्यवस्था लागू गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनाअनुसार पशुपतिनाथ विराजित धार्मिक स्थल पाशुपत क्षेत्रमा धार्मिक तथा सांस्कृतिक मर्यादा कायम राख्न यस्तो आदेश जारी गरिएको हो।

सूचनाअनुसार भदौ ९ (सोमबार) देखि ११ गतेसम्म पाशुपत क्षेत्रमा यस्ता गतिविधि गरेको पाइएमा कानुनअनुसार कढा कारबाही गरिनेछ।

प्रतिबन्धित क्षेत्रभित्र गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सीमा हुँदै पश्चिम, गौशाला–तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुह्येश्वरीसम्मको दक्षिणी भाग पर्दछ।

पशुपतिनाथ पाशुपत क्षेत्र