Logo
९ भदौ २०८२, सोमबार

‘नाडा अटो शो २०२५’ मा जिनपिङको तहल्का : ७ दिनमै १०० भन्दा बढी बुकिङ

अक्षरपाटी
२०८२ भदौ ९ , सोमबार ०५:०८ मा प्रकाशित

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आइतबार सम्पन्न ‘नाडा अटो शो २०२५’ ले यसपटक विद्युतीय गाडी (ईभी) प्रतिको आकर्षणलाई नयाँ उचाइमा पुर्‍याएको छ।

मेलामा पहिलोपटक सार्वजनिक गरिएको जिनपिङ ब्रान्डको लिङ्बक्स ईसी०१ कारले छोटो समयमै १०० भन्दा बढी बुकिङ हासिल गरेको छ।

यस उपलब्धि उत्सव मनाउन आधिकारिक वितरक ठाकुर मोटर्स ले मेलास्थलमै आइतबार साँझ विशेष सेलेब्रेशन गर्दै केक काटेको थियो।

ठाकुर मोटर्सका अध्यक्ष हरिशंकर ठाकुर ले ग्राहकबाट प्राप्त विश्वासले आफूहरू अत्यन्त उत्साहित भएको बताए। “१०० भन्दा बढी कार बुकिङ भइसकेको छ। अब अर्को हप्ता थप परिस्कृत मोडल बजारमा आएपछि माग झन् उच्च हुने विश्वास छ,” ठाकुरले भने। उनका अनुसार, मेलामा आएका ग्राहक सस्तो मूल्यमा स्तरीय, लामो रेन्ज र आधुनिक सुविधासहितको गाडी खोजिरहेका थिए, र लिङ्बक्स ईसी०१ ले त्यो चाहना पूरा गर्न सफल भएको छ।

नाडा शो सुरु भएको पहिलो दिनदेखि नै लिङ्बक्स ईसी०१ धेरै अवलोकनकर्ताको आकर्षण बनेको थियो। यसलाई लोकप्रिय बनाउने प्रमुख कारणहरूमा किफायती मूल्य,लामो रेन्ज,आकर्षक डिजाइन र अत्याधुनिक फिचर प्रमुख रहेका छन ।

दुई मोडेल, फरक रेन्ज

लिङ्बक्स ईसी०१ नेपालमा हालसम्म उपलब्ध ईभीहरूमध्ये सबैभन्दा बढी रेन्ज दिने किफायती कारको रूपमा प्रस्तुत भएको छ। बेस मोडेल १९:२६ किलोवाट ब्याट्री, करिब २४० किमी रेन्ज र प्रिमियम मोडेल ३१:४५ किलोवाट ब्याट्री, करिब ३४० किमी रेन्ज

दुवै मोडेलमा ३५ किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ। सुरक्षित र टिकाउ मानिने एलएफपी ब्याट्री प्रविधि यो गाडीमा जडान गरिएको छ।

नेपाली सडकअनुकूल विशेषता

१२ फिट लम्बाइ, ५ फिट चौडाइ, ५.५ फिट उचाइ र ८ फिटको ह्वीलबेससहितको ‘फाइभ डोर’ लिङ्बक्स ईसी०१ मा २०० एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ। यसले नेपालको उकालो–ओरालो तथा खाल्डाखुल्डी सडकमा सहजै गुड्न सक्ने क्षमता दिन्छ। साथै, एसी र डीसी दुवै चार्जिङ सुविधा उपलब्ध छ।

मूल्य र विशेष छुट

कम्पनीले तोकेको आधिकारिक मूल्यमा बेस मोडेल रु १९,९९,००० र प्रिमियम मोडेलमा रु २४,९९,००० रहेको भएपनि नाडा अटो शो मा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुट रहेको छ । जसमा बेस मोडेलको रु १८,९९,००० रहेको छ भने प्रिमियम मोडेलको रु २३,४९,००० रहेको छ ।

सस्तो मूल्य, आधुनिक डिजाइन, लामो रेन्ज र टिकाउ ब्याट्री प्रविधिका कारण जिनपिङ लिङ्बक्स ईसी०१ छोटो समयमै नेपाली उपभोक्ताको रोजाइमा परेको छ।

ठाकुर मोटर्स लिङ्बक्स ईसी०१ विद्युतीय गाडी