Logo
१७ मंसीर २०८२, बुधबार

राष्ट्र बैंकले दशैंतिहारमा सुकिला नोट वितरण गर्ने

अक्षरपाटी
२०८२ भदौ १५ , आईतबार ११:०८ मा प्रकाशित

काठमाडौं । दशैं तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट वितरण गर्ने भएको छ।

राष्ट्र बैंकको म्रुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।

राष्ट्र बैंकका अनुसार दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही हुनेछन्।

त्यसैगरी, इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सर्वसाधारण तथा संघ/संस्थालाई सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बै‌कले जनाएको छ।

ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्नेछन्।

नयाँ नाेट नेपाल राष्ट्र बैंक