Logo
२५ भदौ २०८२, बुधबार

पशुपतिनाथमा ‘अराजक’ जथ्था पुगेपछि सुरक्षामा सेना, जेनजीले भन्याे : सम्पदा र निजी सम्पत्ति ताेडफाेडमा घुसपैठ भयाे

अक्षरपाटी
२०८२ भदौ २४ , मंगलबार ०९:०९ मा प्रकाशित

काठमाडौं । हिन्दूहरुको आस्थाको धरोहर पशुपतिनाथ मन्दिर तोडफोडका लागि ‘अराजक’ समूह पुगेपति सुरक्षाका लागि सेना पुगको छ।

स्थितिलाई नियन्त्रणमा लिन सेना पुगेको हो। जेनजी प्रदर्शनकारीका अगुवाहरुले साँझदेखि प्रदर्शनमा घुसपैठ भएर निजी सम्पत्ति र सम्पदामाथि तोडफोड भइरहेको बताइसकेका छन्।

जेनजी प्रदर्शनकारीले आफूहरुको माग अनुसार परिस्थिति अघि बढिरहेका बेला त्यसलाई बिथोल्न केही अराजक जथ्था मन्दिरमा क्षति पुर्याउन पुगको बताएका छन्।

उनीहरुले राष्ट्रपतिले आह्वान गरेको वार्तामा बसेर समाधान निकाल्ने बताइसकेका छन्।

त्यस्तै अराजक जथ्थाले राष्ट्र बैंक, कान्तिपुर पब्लिकेसनको कार्यालय, अन्नपूर्ण पोष्टमा समेत आगजनी गरेको उनीहरुको भनाइ छ।

नेपाली सेना पशुपतिनाथ