Logo
२८ भदौ २०८२, शनिबार

जेन-जी आन्दाेलनपछि गभर्नरले भेटे : व्यवसायी, बैंक र वित्तीय संस्थाका प्रतिनिधि

अक्षरपाटी
२०८२ भदौ २७ , शुक्रबार ०५:०९ मा प्रकाशित

काठमाडौं। जेनजी आन्दोलनपछिको अवस्थाका बारे छलफलका लागि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्था र उद्योगी व्यवसायीहरूसँग छलफल गरेका छन्।

जेनजी आन्दोलनपश्चात के कति क्षति भयो र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा गभर्नर पौडेलले बैंकर र उद्योगी व्यवसायीसँग छलफल गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानेले जानकारी दिए।

गभर्नर पौडेलले नेपाल बैंकर्स संघ र डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिसँग पछिल्लो घटनाक्रमबाट परेको असरबारे छुट्टाछुट्टै छलफल गरेका हुन्।

डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंक