Logo
१ कात्तिक २०८२, शुक्रबार

सुनको मूल्य तोलामा २ लाख ५८ हजार, एक महिनामा ४३ हजारले बढ्यो

अक्षरपाटी
२०८२ कात्तिक १ , शुक्रबार ११:१० मा प्रकाशित

काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

विगत एक महिनामा नेपाली बजारमा सुनको भाउ प्रतितोला ४३ हजार रुपैयाँ बढेको छ । भदौ ३० गते सुनको भाउ प्रतितोला २ लाख १५ हजार रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेपछि नेपाली बजारमा प्रभाव परिरहेको छ । शुक्रबारको सुनको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ । एक औंस बराबर २.४३ तोला हुन्छ।

त्यस्तै चाँदीको मूल्य पनि बढिरहेको छ । शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ३५० रुपैयाँ पुगेको छ।

सुनचाँदी