Logo
३ कात्तिक २०८२, आईतबार

आफुलाई थुन्न आयोग बनाइयो, लुरुलुरु बयान दिन जान्न: ओली

अक्षरपाटी
२०८२ कात्तिक ३ , आईतबार ०३:१० मा प्रकाशित

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफुलाई थुन्न आयोग बनाइएको आरोप लगाएका छन् ।

काठमाडौँमा आयोजित सम्पादकहरुसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले आफूलाई पक्राउ गर्नुपर्छ भन्नेलाई नै छानबिनको जिम्मा दिइएको बताएका छन् । साथै उनले यस्तो आयोगलाई आफुले बयान नदिने स्पष्ट गरेका छन् । उनले भने-‘कसले कस्ता आयोग बनाउछ त्यस्तो आयोगमा केपी ओली बयान दिन जादैन ।’

ओलीले आफ्नो सरकारले सामाजिक सञ्जाल बन्द गरेको विषयमा बोल्दै भने-‘डेढ वर्षदेखि नेपालमा अनुत्तरदायी भएर चलाउन पाइँदैन, दर्ता हुनुपर्छ । लिखिति, मौखिक पत्राचार गरेका थियौँ । राष्ट्रको स्वाभिमान हुँदैन रु आदत लागेको छ । हत्तपत्त म कुनै पनि कुराको एडिक्ट हुन्न । देशको स्वाभिमान भन्दा ठूलो मेरो आदत हुँदैन ।’

उनले पार्टीको नेतृत्व गर्नसक्ने सयौं मानिस रहेको बताउदै एमालेमा नेतृत्वको अभाव नरहेको बताए । उनले पार्टीमा अहिले कप्तान ओली नै हो भन्ने राय रहेकोले आफु नेतृत्वमा रहेको स्पष्ट गरे । उनले पार्टी नेतृत्व छोड्ने विषय समय र आवश्यकताको कुरा भएको भन्दै अमेरिका, भारत, चीनलागायतका देशमा आफु भन्दा बढी उमेरका व्यक्तिहरुले नेतृत्व गरिरहेको उदाहरण दिएका थिए ।

ओलीले देश र जनताप्रति आफू बफादार भएको पनि बताउदै त्यो कसैलाई मन नपर्नु व्यक्तिगत कुरा भएको टिप्पणी गरे ।

केपी शर्मा ओली

ट्रेन्डिङ ( साप्ताहिक )