काठमाडौं । आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै आस्थाको महानपर्व छठ सम्पन्न भएको छ।
शनिबारबाट सुरु भएको ४ दिने छठ पर्व आज विधिपूर्वक समाप्त भएको हो ।
हिजो व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै ‘भोरका अरख’ सम्पन्न भएको हो ।
छठमा उदाउँदो सूर्यलाई दिइने अर्घ्य विधिलाई बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।
भोरका अरख दिएसँगै छठ घाटबाट व्रतालु तथा उनका परिवारजनहरु आफूले चढाएका प्रसादहरु बोकेर घर फर्किन्छन।
त्यसपछि सबै जना मिलेर प्रसाद खाने र चिनेजानेकाहरुलाई पनि प्रसाद दिने चलन छ।
जनकपुरधामसहित धनुषामा छठ पर्व धुमधामका साथ मनाइएको छ।
जनकपुरधामको मुख्य सरोवरहरु आन्तरिक तथा वाह्य पर्यटकहरुलेसमेत भरिभराउ देखिएको थियो।
गृहमन्त्री ओम प्रकास अर्यालसहितको टोलीले पनि जनकपुरमको एतिहासिक गंगासागर सरोवरको छठ घाटमा सहभागी भएका थिए ।
छठ



