Logo
५ मंसीर २०८२, बिहीबार

चैतन्यमा गुणस्तरीय विद्यार्थी समूह सम्मेलन

अक्षरपाटी
२०८२ मंसीर ५ , बिहीबार ०६:११ मा प्रकाशित


धनगढी । कैलालीको धनगढीस्थित चैतन्य पाठशालाले गुणस्तरीय विद्यार्थी समूह सम्मेलन गर्ने भएको छ। शिक्षा र संस्कारलाई जोड् दिँदै आएको चैतन्यले शनिबार धनगढीमा उक्त कार्यक्रम गर्ने भएको हो।

चैतन्यले जिल्ला स्तरिय स्क्र्याबल प्रतियोगिता, एमयुएन बहस तथा क्वीस्ट नेपालसँगको सहकार्यमा १०औं गुणस्तर विद्यार्थी समूह सम्मेलन गर्ने चैतन्य ग्रुपका सीईओ गणेश जोशीले जानकारी दिए। बिहान ८ बजेदेखि शिवनगरस्थित चैतन्य परिसरमा हुने कार्यक्रममा तीन महत्वपूर्ण शैक्षिक कार्यक्रम समेटिएको उनले प्रस्ट पारेका छन्।

कार्यक्रममा जिल्लास्तरिय स्क्र्याबल प्रतिस्पर्धा, एमयुएन बहस तथा १०औं गुणस्तरीय विद्यार्थी समूह सम्मेलन हुने आयोजकले जनाएको छ।

यी कार्यक्रमहरूका माध्यमबाट विद्यार्थीमा भाषिक दक्षता, विश्लेषण क्षमता, कूटनीतिक नेतृत्व, गुणस्तर सुधार संस्कार तथा २१औं शताब्दीका जीवन-कौशलको सिकाई हुने आयोजकको विश्वास रहेको छ।.

कार्यक्रमको ढाँचा

१. स्क्र्याबल प्रतियोगिता अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गरिनेछ र विभिन्न विद्यालयका विद्यार्थीहरू प्रत्यक्ष प्रतिस्पर्धामा सहभागी हुनेछन्।

२. मोडेल यूनाइटेड नेसनले विद्यार्थीहरूलाई कूटनीतिक संवाद, बहस, अन्तर्राष्ट्रिय प्रक्रियाको अभ्यास र नेतृत्व कौशल विकासमा केन्द्रित गराउनेछ।

३. एमयूएन बहसले समसामायिक मुद्दामा समस्या समाधान, वार्ता र प्रस्ताव निर्माण जस्ता प्रक्रियाहरू प्रयोग गर्दै विद्यार्थीहरूको सिकाइलाई प्रवर्द्धन गर्नेछ।

४. १०औं सुदूर एसक्यूसी एलाइन्स कन्भरसेसनले विद्यार्थीहरुमा शैक्षिक तथा व्यवहारिक गुणस्तर सुधार सम्बन्धी विद्यार्थी-केन्द्रित समस्या पहिचान, समाधान प्रस्तुति तथा नवप्रवर्तन कार्यक्रमहरू प्रस्तुत गर्ने छ।

५. एसक्यूसी सम्मेलनको यो संस्करणले एसक्यूसी यात्रालाई पहिलो पटक एकीकृत रूपमा प्रदर्शित गर्दै यस क्षेत्रको गुणस्तरीय शिक्षालाई टेवा दिनेछ।

६. कार्यक्रमले विद्यार्थीको बौद्धिक, भाषिक, विश्लेषण, नेतृत्व र निर्णय क्षमता मजबुत बनाउने उद्देश्य राखेको छ।

७. कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्य, विद्यार्थी टोली, शिक्षक, एसक्यूसी संयोजक, स्क्र्याबल क्लब नेपालका प्रतिनिधि, एमयूएन निर्णायक तथा शैक्षिक सरोकारवाला उपस्थित हुने अपेक्षा गरिएको छ।

८. चैतन्य पाठशालाले यस कार्यक्रममार्फत शिक्षामा नवप्रवर्तन, नेतृत्व विकास र गुणस्तर सुधार संस्कृति विस्तार गर्ने आफ्नो प्रतिबद्धताको निरन्तरता व्यक्त गरेको छ।

९. विद्यालयले सम्पूर्ण प्रेस तथा सञ्चार माध्यमहरूलाई कार्यक्रम स्थलमा उपस्थित भई समाचार प्रसारणमार्फत शैक्षिक प्रवर्द्धनमा योगदान दिन हार्दिक अनुरोध गर्दछ।

१०. औपचारिक कार्यक्रम १:०० बजे उद्घाटन गरिने छ।

११. कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई ट्रफी, प्रमाण-पत्र, सम्मान तथा भोजन कार्यक्रमको व्यवस्था आयोजकद्धारा गरिएको छ।

चैतन्य पाठशाला
यो पनि हेर्नुहोस् : प्रेरणाको स्रोत !