
काठमाडौं । सोमबार सुनको भाउ तोलामा १९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४४ हजार ६ सयमा कारोबार भएको थियो ।
चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको ३१३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३११५ रुपैयाँमा झरेको हो ।
सुनचाँदी


