Logo
१२ मंसीर २०८२, बिहीबार

एनपीएल : सुदूरपश्चिम रोयल्सले टस जित्यो, लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो

अक्षरपाटी
२०८२ मंसीर १२ , बिहीबार ११:११ मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अन्तर्गत आज हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर फिल्डिङ रोजेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो।

जारी लिगमा सुदूरपश्चिम रोयल्स उत्कृष्ट लयमा देखिएको छ। हालसम्म खेलेका ३ खेलमा तीनवटै जित निकाल्दै ६ अंकका साथ सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा छ।

टोली आजको खेलमा पनि जित निकाल्दै आफ्नो अपराजित यात्रा कायमै राख्ने दाउमा छ।

यता, लुम्बिनी लायन्स भने सङ्घर्षरत देखिएको छ। खेलेका ३ खेलमध्ये १ मा जित र २ मा हार बेहोरेको लुम्बिनी २ अंकसहित तालिकाको छैटौं स्थानमा छ। आजको खेलमा जित निकाल्दै अंक तालिकामा सुधार गर्ने दबाब लुम्बिनीलाई छ।

लुम्बिनी लायन्सको कप्तानी रोहित पौडेलले सम्हालेका छन् भने टोलीमा डार्सी सर्ट, गुलबदिन नाइब, जेजे स्मिट लगायतका खेलाडीहरू रहेका छन्।

सुदूरपश्चिम रोयल्सतर्फ दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, स्कट कुग्गेलेइन लगायतका खेलाडीहरूलाई मुख्य खेलाडीको रूपमा हेरिएका छन्।

आजको खेल सञ्चालनका लागि फिल्ड अम्पायरमा नेपालका दुर्गा सुवेदी र श्रीलंकाका रवीन्द्र विमलासिरी रहेका छन्।

एनपीएल