Logo
१० असोज २०८३, शनिबार

दोहोरो अंकले घट्यो शेयर बजार

अक्षरपाटी
२०८२ मंसीर २१ , आईतबार ०३:१२ मा प्रकाशित

काठमाडौं । आज आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ।

नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २१.४८ अंकले घटेर २६०६.६९ बिन्दुमा बन्द भएको हो। बुधबार नेप्से १३.५२ अंकले घटेर २६३१.१७ बिन्दुमा बन्द भएको थियो।

आज कारोबारमा आएका ४६ कम्पनीको शेयरमूल्य बढेको छ भने २०४ कम्पनीको शेयरमूल्य घटेको छ। त्यस्तै आज आठ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। बजारमा आज पाँच अर्ब ३३ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार नेप्सेमा पाँच अर्ब २३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

शेयर बजार

ट्रेन्डिङ ( साप्ताहिक )