
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन र रास्वपा सभापति रवि लामिछानेबिचको भेटवार्ता सकिएको छ ।
ललितपुरको ज्वागलस्थित मेयर साहका सहयोगी कुमार बेनको घरमा बालेन र लामिछानेबिच वार्ता चलेको थियो ।
वार्ता सकेर लामिछाने भर्खरै निस्किएका हुन् ।
बालेनसँगको भेटवार्ता के भयो भन्नेबारे लामिछानेले केही बताएका छैनन् । यद्दपि, उनले ‘मेरो अनुहारले के भन्छ ?’ भन्दै सञ्चारकर्मीमाथि नै प्रश्न गरेका छन् ।
लामिछाने उज्यालो र हँसिलो अनुहारसहित बाहिरिएका छन् ।
रवि लामिछाने


