Logo
१० पुस २०८२, बिहीबार

संविधान संशोधनमा मेरो गहिरो चासो छ : नेता भण्डारी

अक्षरपाटी
२०८२ पुस १० , बिहीबार ०६:१२ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संविधान संशोधनका विषयमा आफ्नो गहिरो चासो भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले संविधान संशोधनमा लागि सबै पक्ष, अनुभवी व्यक्त्वि र विज्ञहरुसँग खाफ्नो पनि खुलेर छलफल गर्ने चाहना भएको बताएका छन्।

उनले समयको माग अनुसार हरेक राजनीतिक दलहरुले आफ्नो संरचना, सोच र अभ्यासलाई परिमार्जन गर्नुपर्ने धारणाा समेत व्यक्त गरेका छन्।

अत्यधिक द्वन्द्व र अनावश्यक झगडाबाट मुलुकले निकास नपाउने भएकाले संवाद, समझदारी र सहमतिबाट मात्र समाधान सम्भव भएको उनले बताएका छन्।

‘सानो विषयलाई अनावश्यक रूपमा ठूलो बनाएर विवाद सिर्जना गर्नु हुँदैन’, उनले लेखेका छन्, ‘समस्या समाधानतर्फ केन्द्रित बहस नै आजको आवश्यकता हो। तिललाई पहाड बनाउनु हुदैन ! पहिला ‘मुलुक’ भन्ने सोच निकास हो।’

स्मरण होस, कांग्रेस एमालेको गठबन्धन सरकारले संविधान संशाेधनलाई पहिलो सर्त बनाएर सरकार गठन गरेकाे थियाे। यद्यपि जेनजी आन्दाेलनबाट अपदस्थ सरकारले संविधान संशाेधनको आफ्नै मुद्दा बिर्सिएको थियो।

जेनजी आन्दाेलनपछि विशेष परिस्थितिमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकार यतिबेला एकथरी जेनजी अभियन्ताकै कारण दबाबमा छ। जेनजी आन्दाेलनका अगुवा सुदन गुरुङले संसद पुन:स्थापना गरेर संविधान संशाेधनबाट प्रत्यक्ष कार्यकारीकाे व्यवस्था गर्दै पुन: विघठन हुनुपर्ने माग अघि सारेका छन्।