Logo
१७ पुस २०८२, बिहीबार

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि कम

अक्षरपाटी
२०८२ पुस १७ , बिहीबार ०३:०१ मा प्रकाशित

काठमाडौं। आज साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ।

आज सेयर बजार १२.८३ अंक घटेको हो। बिहीबार नेप्से २६२०‍‍‍.९२ बिन्दुमा झरेर बन्द भएको छ।

बिहीबार सबै उपसूचक ओरालो लाग्दा सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले १.०९ प्रतिशतले गुमाएका छन्।

आज कुल ६४ हजार ४ सय ७ कारोबारबाट १ करोड १ लाख ५३ हजार २ सय २६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ३९ लाख बराबरको कारोबार भएको छ।

यो अघिल्लो दिनको कारोबार रकमभन्दा कम हो। बुधबार दोहोरो अंकले बढेको बजार आज घटेको हो।

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर १४८१.१० रुपैयाँ प्रतिकित्ता पुग्यो भने ग्लोबल आईएमई समुन्नत योजना–२ का लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत गुमाए।

सेयर बजार