Logo
१७ पुस २०८२, बिहीबार

कैलाली हस्पिटलका डाक्टर विवेक जोशी सम्मानित

अक्षरपाटी
२०८२ पुस १७ , बिहीबार १०:०१ मा प्रकाशित

धनगढी। कैलाली हस्पिटल प्रालिमा कार्यरत डा विवेक जोशी सम्मानित भएका छन्।

थारु होमस्टे भादा गाउँको १३ औँ थारु होमस्टे महोत्सव २०८२ का अवसरमा डा जोशी सम्मानित भएका हुन।

धनगढी उपमहानगरपालिका १६ मा रहेको होमस्टेले आज १३ औँ महोत्सव मनाएको हो। सो अवसरमा कैलाली हस्पिटल प्रालिका ल्याप्रस्कोपिक सर्जन डा जोशीलाई यस क्षेत्रमा उल्लेखनीय काम गरेवाफत सम्मान गरिएको हो।

आयोजक थारु होमस्टेका अध्यक्ष लक्ष्मीनारायण चौधरी तथा सामाजिक विकास मन्त्री मेघराज खड्काले उनलाई सम्मान गरेका हुन।

डा जोशीले केही समयअघि हसिँयाले कोखामा प्रहार गरेर फोक्सोमा प्वाल परेका एक विरामीको सफल सल्यक्रिया गरेका थिए। त्यो मात्र होइन, गोहीले आक्रमण गरेर हात र खुट्टा क्षतविक्षत बनाएका बिरामीदेखि करेन्ट लागेर मरणासन्न अवस्थामा पुगेका बिरामीको उनीलगायत उनको टिमले सफल सल्यक्रिया गरेको थियो।

कैलाली हस्पिटल डा विवेक जोशी