



काठमाडौं। नेपाली काँग्रेसको नव निर्वाचित केन्द्रीय कार्य समितिको पहिलो बैठक बसेको छ।
काँग्रेसले हिजो मात्र दोश्रो विशेष महाधिवेशन सम्पन्न गरी गगन कुमार थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो।
ललितपुरको कुपण्डोलस्थित एउटा पार्टी प्यालेसमा आज बसेको बैठक दोस्रो विशेष महाधिवेशन पछाडिको पहिलो बैठक हो।
बैठकले विशेष महाधिवेशनका निर्णयहरुको बारेमा निर्वाचन आयोगमा जानकारी गराउने तथा आगामी प्रतिनिधि सभा निर्वाचनको बारेमा समेत छलफल हुने नवनिर्वाचित महामन्त्री प्रदीप पौडेल
विशेष महाधिवेशनको विषयलाई लिएर पार्टी भित्रको विवाद भने चरम उत्कर्षमा छ।




