

काठमाडौं। नेपाली बजारमा आजसम्मको इतिहासमै सुनको मूल्यले रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको हो।
सुनको भाउ बुधबार एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेको छ।
चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ९२० रुपैयाँ पुगेको छ।
सुन



