Logo
४ वैशाख २०८३, शुक्रबार

विनोद चौधरीले गरे तीन दर्जन युवालाई कांग्रेसमा स्वागत

अक्षरपाटी
२०८२ माघ १८ , आईतबार ०६:०२ मा प्रकाशित

नवलपरासी। नेपाली कांग्रेसबाट नवलपरासी (बसुप) १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीले विभिन्न पार्टीका युवालाई पार्टी प्रवेश गराएका छन्।

आज पार्टीको क्षेत्रीय कार्यसमितिले अयोजना गरेको क्षेत्रीय स्तरको वृहत कार्यकर्ता भेलामा नेता चौधरीले तीन दर्जन युवालाई पार्टी प्रवेश गराएका हुन्।

चुनावी प्रचारका क्रममा निर्वाचन क्षेत्रमा रहेका चौधरीले उनीहरुलाई फूलको माला र टिका लगाएर नेपाली कांग्रेसमा स्वागत गरेका हुन।

दोस्रो विशेष महाधिवेशनपछि काँग्रेस बदलिएको र देश बदल्ने सामर्थ्य पनि कांग्रेससँग रहेको भन्दै उनीहरु पार्टी प्रवेश गरेका हुन्।

चौधरीले आफ्नो निर्वाचन क्षेत्रका आर्थिक, सामाजिक, शिक्षा र स्वास्थ्यका समस्या नीतिगत रुपमै सम्बोधन गराउन आफू लागिपर्ने बताए।

विनाेद चाैधरी

ट्रेन्डिङ ( साप्ताहिक )