Logo
११ भदौ २०८३, बिहीबार

उही चियापसलबाट रविको चुनावी अभियान

अक्षरपाटी
२०८२ माघ २३ , शुक्रबार ०९:०२ मा प्रकाशित

चितवन। लामो समय मौन देखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक चिया पसलबाट चुनावी अभियान सुरु गरेका छन्।

आसन्न फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उनले उही पुरानो चियापसलबाट चुनावी भेटघाट सुरु गरेका हुन्।

स्वास्थ्यमा समस्या देखिएका कारण उपचार र आराम गरिरहेका लामिछाने चुनावी अभियानमा सक्रिय भएका हुन्।

नारायणगढको बालकुमारी चोकस्थित चिया पसलबाट लामिछानेले चुनावी अभियानको सुरुआत गरेका हुन्।

यो त्यही चियापसल हो, जहाँबाट उनी पहिलो पटक उम्मेदवार हुँदा समेत यहीँबाट चुनावी भेटघाट सुरु गरेका थिए।

निर्वाचन रवि लामिछाने

ट्रेन्डिङ ( साप्ताहिक )