Logo
४ वैशाख २०८३, शुक्रबार

बालेनको बाचापत्र : १०० दिनमा भूमि आयोग, १००० दिनमा समस्या समाधान

अक्षरपाटी
२०८२ फागुन ११ , सोमबार ११:०२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा-५ बाट उम्मेदवार हुँदै आफ्नो बाचापत्र सार्वजनिक गरेका छन्।

शाहले आफ्नो बाचापत्रमा भूमि व्यवस्थापन र स्वास्थ्य सुधारका स्पष्ट योजना प्रस्तुत गरेका छन्।

शाहका अनुसार ‘झापा-५ का भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न, रास्वपा सरकारले गठन भएको १०० दिनभित्र आयोग बनाइने र १००० दिनभित्र समाधान गरिनेछ।’

साथै, बाँझो जमिनको सदुपयोगका लागि ‘ल्याण्ड बैंक’ को व्यवस्था गरिने छ। ऐलानी जग्गा र अभिलेख नभएका जमिनहरूको नापी, नक्सा र अभिलेखिकरण पनि सम्पन्न गरिने शाहले बताएका छन्।

स्वास्थ्य सुधारका योजना

दमक अस्पताललाई पहिलो चरणमा ३०० शैयाको स्तरोन्नत अस्पताल बनाउने योजना सार्वजनिक गरिएको छ।

विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कुल शैयाको १० प्रतिशत निःशुल्क उपचार उपलब्ध गराउने कानुनी व्यवस्थाको कार्यान्वयन पनि शाहले बाचापत्रमा उल्लेख गरेका छन्।

शाहले आफ्नो बाचापत्रको कार्यान्वयन आफै नेतृत्व गर्ने प्रतिबद्धता जनाएका छन्।

बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी

ट्रेन्डिङ ( साप्ताहिक )